तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडौँ, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौँ महानगरपालिका
–१४ इकाई कार्य समितिको अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले यामकुमारी तामाङ (पूजा) को नेतृत्वमा २० सदस्यीय कार्यसमिति गठन गरेको हो । सर्वसम्मत रुपमा निर्विरोध छनोट गरिएको कार्य समितिले त्यस क्षेमा संगठन विस्तार र्ने छ ।
बागमती प्रदेशसभा सदस्य नुरज वज्राचार्यले मुलुकमा सुशासन कायम गरी समृद्धि प्राप्त गर्न स्थानीय तहदेख नै पारदर्शीताको खाचो रहेको बताउनुभयो । उहाँले महिला वर्ग राजनीतिमा नेतृत्वदायी जिम्मेवारी प्राप्त गर्ने विषय खुसीको कुरा भएको उल्लेख गर्नुभयो ।
पार्टीका नेताहरु नवराज सिंखडा, देवेन्द्र प्रधान, मिरा कुँवर, गोमा विडारीलगायतले कार्यसमितिलाई बधाई दिँदै सफलताको कामना गर्नुभयो ।
कार्यसमितिका नवनिर्वाचित अध्यक्ष तामाङले पार्टीको सिद्धान्तलाई स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह
गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच पार्टीले आगामी वैशाख १० गते प्रतिनिधिसभाका लागि तीन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको टु्गो लगाएको छ ।
पार्टीको संसदीय बोर्डको आज बसेको बैठकले तनहुँ १ मा शोभा गुरुङ, चितवन २ मा जीवलाल पुरी र बारा २ मा सोनलाल साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका हाल १४ सदस्य प्रतिनिधिसभामा छन् ।
















प्रतिक्रिया दिनुहोस्