बल्खुमा दुर्घटना हुँदा शाखा अधिकृत पाण्डेको मृत्यु
काठमाडौं, चैत १९ । काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।
३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् । उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् । भूपति बागमती प्रदेशमा दर्ता रहेको ९८३५ नम्बरको स्कुटरमा कलङ्कीतर्फ जाँदै थिए ।
ट्रक चालक अर्जुन ढुङ्गानालाई प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ । ४३ वर्षीय ढुङ्गाना मकवानपुरस्थित हेटौँडाका स्थानीय हुन् ।















प्रतिक्रिया दिनुहोस्