१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं, चैत १६ ।  प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी पक्राउ परेकी हुन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी अवस्थामा उनीहरुलाई विशेष सूचनाकाे आधारमा पक्राउ गरेकाे हाे । उनीहरुको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको ब्यूराेले जनाएकाे छ ।

त्यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको गरिएकाे हाे ।

ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार उनीहरु दुवै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्