प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

काठमाडौं, चैत १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी,सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलका सूचना अधिकृत रामकृष्ण अधिकारीले जानकारी दिए ।

गाउँपालिकाका रहेको नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई घुससहित नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेकालाई नियन्त्रण्मा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्