प्रथम अन्तर्राष्ट्रिय मुद्रा प्रदर्शनीमा करिब १० हजार दर्शकबाट भ्रमण

काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय मुद्रा प्रदर्शनीमा करिब १० हजार दर्शकले भ्रमण गरी लाभान्वित भएका छन् ।

नेपाल मुद्रा संकलक संघको आयोजनामा ववहरमहलस्थित नेपाल कला परिषद्मा यही चैत १३ देखि आज सम्म भएको प्रदर्शनीमा करिब २०० मुलुकका प्राचीन मुद्रा प्रदर्शन गरिएका थिए ।

मुद्रा संकलक संघ कोलकाताको समेत सहयोगमा गरिएको उक्त कार्यक्रममा राखिएका लिच्छिवीकालीन र मल्लकालीन सिक्का मुद्रा तथा शाहवंशीय सिक्का र नोट मुद्राले प्राचीन नेपालको इतिहास,
संस्कृति र सभ्यतालाई सहजै रुपमा अध्ययन गर्न सकिन्थ्यो ।

विभिन्न उमेर समूहका मानिसले भ्रमण गरेको प्रदर्शनीमा विभिबन्न् दलका नेतागण, इतिहासविद्, कलाकार, विद्यार्थी, विभिन्न मुलुकका राजदूत, कुटनीतिज्ञलगायतको राम्रो उपस्थिति थियो ।

स्वर्ण, तामा र चाँदीका मुद्राले सर्वसाधरणलाई सहजै आकर्षित गरेको मेलाले कलाकारलाई तत्कालीन समयका कला कौशल र सिपको अनुसन्धान गर्न सहयोग पु¥याएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताउनुभयो । देशका विशिष्ट पदकले सजाइएको सभाहलामा नेपालतारा, गोरखा दक्षिण बाहु पनि समावेह गरिएको थियो ।

मुद्रा संकलनकर्ता मञ्जित मल्ल प्रधानाङ्गाले लिच्छिवीकालीन, मल्लकालीन र शाहवंशीय सिक्कामा रहेका कलात्मक विशेषताबारे जानकारी दिँदै यस्ता प्रदर्शनीले पूरातात्विक वस्तुको जगेर्ना गर्न सबैलाई प्रेरित गर्ने बताउनुभयो ।
प्रदर्शनीमा सहभागी रहेका भारतका प्रतिनिधिले पनि गुप्त, मुगल, व्रिटिश तथा आधुनिक भारतका विभिन्न अवस्थालाई चिनाउने सिक्का तथा नोट प्रदर्शन गरेका थिए ।

संघका अध्यक्ष दिनेशराज मास्केले यस किसिमको प्रदर्शनीलाई राष्ट्रि तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गरिने जानकारी दिनुभयो । कृण्णराज

प्रतिक्रिया दिनुहोस्