प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवा धरौटीमा छुटे
काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ विरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार अघिल्लो साता पक्राउ परेका तीनै जनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् ।
गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको भन्दै पक्राउ परेका थिए । तीनै जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।
उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोहीअनुसार सोमबार धरौटीबापत रकम बुझाएर उनीहरु छुटेका छन् ।















प्रतिक्रिया दिनुहोस्