किसान महासङ्घद्धारा कृषकलाई सहुलियतको माग

काठमाडौं, ८ चैत –  अखिल नेपाल किसान महासङ्घले वैज्ञानिक भूमिसुधार, खाद्यसम्प्रभुता र किसान अधिकारको माग गरेको छ ।

महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा सहभागी किसान नेताले बढदै गएको महँगीका कारण समस्यामा परेका किसानलाई बिउ, विजनकासाथै रासायनिक मलखादको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका हुन् ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले मिटर ब्याज पीडित किसानसँग गरेको सम्झौता लागु गर्न माग गर्दै बढ्दो महँगी नियन्त्रणका साथै किसानका ५९ सूत्रीय माग पूरा गर्न आग्रह गर्नुुभयो । उहाँले नवउदारवादी अर्थतन्त्रले कृषि उत्पादनका क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँदै कृषि कारखाना, कृषि अनुदान बढाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित बनाउनुपर्ने बताउनुुभयो ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ्लगायतले मिटरव्याजमा फसेका किसानको समस्या समाधान गर्नुपर्ने, व्याजदर घटाउनुपर्ने बताउँदै यस क्षेत्रको विकासले मात्र मुलुकको विकास र समृद्धि कायम हुने विचार व्यक्त गर्नुुभयो ।

कम्युनिष्ट पार्टी निकट विभिन्न अखिल नेपाल किसान स)ग स)गठनका प्रतिनिधिले व्याजदर व्यवस्थित गर्नुपर्ने लगायत माग गर्दै सभामा सन्देशमूलक प्लेकार्डहरू बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्