लागूऔषध र नक्कली नोटसहित झापाबाट दाजुभाइ पक्राउ

काठमाडौं, चैत २ ।  प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली नोटसहित प्रहरीले २ दाजुभाइलाई पक्राउ गरेको छ।

लागूऔषध र नक्कली नोटसहित २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रवीण ताजपुरीयालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले झापाको बिर्तामोड नगरपालिका-४ बाट सुवास ताजपुरियाको घरकोठा खानतलासी गर्दा ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर र नाइट्राजेपान २८ ट्याबलेट लागुलागूऔषध बरामद गरेको हो।

साथै नक्कली नेपाली नोट हजार रुपैयाँका ८८ थान, पाँच सयका २ थान, अस्ट्रेलियन नोट एक सयका ३ थान, अन्य देशका नोट ११ थान, सक्कली नेपाली रुपैयाँ ३ हजार र मे.५ प.९७९७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरी चौकी बिर्ताबजारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्