युवा संगठन नेपालको पुर्वी ताम्सालिङ ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न

जीवन तामाङ,

सिन्धुपाल्चोक – युवा संगठन नेपालको पुर्वी ताम्सालिङ ब्युरोको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको सहायक संगठन युवा संगठन नेपाल पुर्वी ताम्सालिङ ब्यूरोको प्रथम पुर्ण बैठक पार्टी पोलिटब्युरो सदस्य तथा पुर्बी ताम्सालिङ ब्युरो इन्चार्ज प्रेम दरनाल “सि” को प्रमुख अतिथी र शङकर भुजेल “सि” को अध्यक्षतामा बैठक बसि महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दरनालले युवाहरूलाई शोषण बैंक तथा बित्तीय सस्था सहाकरीको चर्को ब्याजदर महँगी मिटर ब्याजी र भ्रष्टाचारको विरुद्ध सशक्त ढंगले लाग्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्