सेनाका थप दुई जना अधिकृत पक्राउ

काठमाडौं, फागुन १७ । नेपाली सेनाका उपरथी प्रेम शाही माथि मुद्दा चलाएर छानविन गरिरहेको नेपाली सेनाले थप दुई जना सैनिक अधिकृतलाई बुधबार पक्राउ गरेको छ।

स्रोतका अनुसार मुद्दा चलाइएका उपरथी शाहीको बयानका आधारमा महासेनानी महेन्द्र शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई पक्राउ गरिएको हो। शाहीमाथि छानबिन गर्न गठन गरिएको कोर्ट अफ इन्क्वाइरीको सिफारिसका आधारमा यी दुई जनालाई पक्राउ गरिएको हो।

यस अघि नेपाली सेनाले झन्डै दुई महिनादेखि थुनेर रहेका उपरथी प्रेम शाहीविरुद्ध सैनिक अदालतमा मुद्दा चलाइसकेको छ। ‘कोर्ट अफ इन्क्वायरी’ बाट आवश्यक छानबिन सकिएपछि उनलाइ आइतबार सैनिक अदालतमा मुद्दा चलाइएको थियो।

शाहीसँगै दुईजनाविरुद्ध पनि मुद्दा हालिएपछि नेपाली सेनाले दुवै जना सैनिक अधिकृतलाई बुधबार पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्