कति छ आज सुन-चाँदीको भाउ ?

काठमाडौं, फागुन ५ ।  साताको छैटौं दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँले घटेर एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार १० रूपैयाँले घटेर १ हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्