आज कर्णाली प्रदेशको प्रदेशसभा बैठक बस्दै

काठमाडौं । मंगलबार कर्णाली प्रदेशको प्रदेशसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सरकारले पेश गरेको आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि छलफल हुनेछ ।

गएको शुक्रबार बसेको संसद बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पेश गर्नुभएको आर्थिक विधेयकको सैद्धान्तिक छलफल हुने प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलले जानकारी दिए ।

साथै यो बैठकबाट सम्भवतः प्रदेशसभा संसद निमायवली पारित हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्