रोल्पामा एकै घरका दुई नाबालकको विभत्स हत्या : हत्यारा आफ्नै काका

काठमाडौं  ।  त्रिवेणी गाउँपालिका – २ डाख्लामा सोमबार बेलुका एकै घरका दुई नाबालकको हत्या भएको छ ।

त्रिवेणी गाउँपालिका – २ डाख्लाका गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकलाई बञ्चरो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।

हत्या सोही ठाउँ बस्ने २१ वर्षीय खड्कबहादुर विकले गरेको प्रहरीले बताएको छ । नाबालकको हत्यापछि फरार रहेका विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

मृतक नाबालक हत्या आरोपी विकका दाजुका छोराछोरी भएको बताइएको छ । दाजुसँग पटकपटक झगडा गरिरहने हत्या आरोपी विकले केही दिन अघि समेत झगडा गरेको बताइएको छ । आरोपी विकले गाउँघरमा समेत झैझगडा गरिरहने गरेको छिमेकीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्