एक नम्बर प्रदेशसभा बैठक बस्दै, आर्थिक कार्यबिधि पास हुने

काठमाडौँ । एक नम्बर प्रदेशसभा बैठक सोमबार बस्दैछ । १४ गतेको संसदमा पेश भएको आर्थिक कार्यबिधि सोमबार पास हुने भएको छ ।

संशोधन दर्ताका लागि तोकिएको ७२ घण्टामा कुनै संशोधन नै नपरेपछि प्रदेश सरकारको आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास हुने निश्चित भएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गएको चैत १४ गते सरकारको तर्फबाट संसद बैठकमा त्यो विधेयक पेश गर्नु भएको थियो । प्रदेशसभा सचिवालयका सचिव केदारप्रसाद पनेरुले विधेयक संशोधनको लागि कुनै पनि संशोधन प्रस्ताव नपरेको जानकारी दिए ।

सोमबार दिउँसोको बैठकले विधेयक पास गरेसँगै शुन्य समयमा संसदहरुले जनताको सरोकारको विषयमा धारणा राख्नेछन् । संसद बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्