‘युक्रेन युद्धले विश्व साम्राज्यवाद माथि संकट चुलियो’
काठमाडौं । क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय को–अर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ ।
साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आइकोर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताउनुभयो ।
यसले विश्व साम्राज्यवाद माथि आर्थिक, राजनीतिक, सैनिक लगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानव जातीका लागि समेत नयाँ-नयाँ संकट खडा गरेको बताउनुभयो ।
नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्रीगार्टनरले भन्नुभयो, ‘अहिलेको संकटको मुख्यविन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतीमा ब्यापक संकट ल्याएको छ ।
परम्परागत साम्राज्यवादी शक्तिहरुमा यसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै, आर्थिक, वित्तियउपनिवेशवादी परनिर्भरता, भोकमरी, महंगी, वातावरणी विनाश, शरणार्थी समस्या जस्ता संकटहरु पनि निम्त्याएको छ ।’
साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायित्व बनेको उहाँले बताउनुभयो । यसले मुलतःदुईवटा विकल्पतेस्रो विश्वयुद्ध वा समाजवादी क्रान्ति ल्याउने गार्टनरको भनाई छ ।
‘युक्रेनयुद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुनपनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानवजातीकै अस्तित्व संकटमा पर्न सक्छ’ आईसीओर संयोजक गार्टनरले भन्नुभयो, अथवा साम्राज्यवादी अन्तर विरोध बढ्दै जाँदाजनताको प्रतिकारबाट समाजवादी क्रान्तिहुन सक्छ । यस्तो अवस्थामा मार्क्सवादी लेनिन वादीहरुले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’
गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्वगरिरहेको र यो नै विश्व शान्तिखलल पुर्याउने मुख्यनाइके भएको बताउनुभयो । साथै, रसियाले युक्रेनको आत्म निर्णयको अधिकार र शान्ति भंग गरिरहेको आरोप पनि लगाउनु भयो ।
विश्वभरको मार्क्सवादी लेनिन वादी संगठनहरुलाई कुनै पनि युद्धरत पक्षको साथ नदिन आह्वान गर्नुभयो ।‘यदी युद्धरत कुनै पनि पक्षलाई समर्थन गर्छौं भने त्यो सामाजिक धोका हुन जान्छ’ उहाँले भन्नुभयो, ‘वर्गीय एकता बलियो बनाएर, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग जो हाम्रो हतियार पनिहो, त्यो हतियारद्वारा साम्राज्यवाद विरुद्धको संघर्षलाई अघि बढाउनुपर्छ ।’
उहाँले आईसीओरले युक्रेन युद्ध तत्काल रोक्न माग गरेको बताउनुभयो । रसिया र युक्रेनको सिमा क्षेत्रलाई असैनिक क्षेत्र घोषणा गर्न तथायुक्रेनमाथि भएको क्षतिको रसियाले क्षतिपुर्ती भर्नुपर्ने र अमेरिकाले नाटो लगायत सैनिक संगठन विघटन गर्नुपर्ने बताउनुभयो ।
साथै, साम्राज्यवादी युद्धका कारण विश्वभर मानवजातीमाथि परेका आर्थिक, सामाजिक, सांस्कृतिक संकट एवम् वातावरणीय विनासविरुद्ध विश्वभरका मजदुरलाईआवाज उठाउन आह्वानपनिगर्नुभयो ।
आईकोरको पछिल्लो गतिविधिबारेजानकारी दिँदै संयोजक गार्टनरले साम्राज्यवादी–फासिवादीमोर्चा ‘युनाइटेड फ्रन्ट’ ले महत्वपूर्ण प्रयासहरु गरिरहेको बताउनुभयो ।
उहाँकाअनुसार हालै सो संगठनले एक अन्तर्राष्ट्रिय वेविनार आयोजना गरेको थियो, जसमा २० देशका १०० बढी प्रतिनिधिहरु सहभागिथिए । पछिल्लो समयमा आईको र प्रतिविश्वका विभिन्न मुलुकबाट चासो बढिरहेको पनिउहाँले जानकारी दिनुभयो । यसै सन्दर्भमा आगामी सेप्टेम्बर ५ र ६ तारिखमा पेरिसमा विश्व साम्राज्यवाद तथा फासिवाद विरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन हुने र त्यो भन्दा अघि आउँदो जनवरीमा मजदुरहरुको एउटा कार्यक्रम पनि आयोजना गरिएको उहाँले बताउनुभयो ।
गार्टनरले सडेगलेको साम्राज्यवादलाई प्रतिस्थापनगर्न आइकोरले विश्वभरका समाजवादी संगठनहरुबीच संयोजनको प्रयास गरिरहेको भन्दै नेपालमा नेकपा (मसाल) ले खेलेको भूमिकाको प्रशंसा पनिगर्नुभयो । नेकपा (मसाल) आइकोरको सदस्य संगठन हो ।
नेपालआएका जर्मन कम्युनिष्ट पार्टी एमएलपीडीका नेताहरुलाई नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले स्वागत गर्नुभएको थियो ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत मसाल सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अखिल नेपाल बुद्धिजीवी संगठनका अध्यक्षप्रा.डा. श्रीधर गौतमले भाषा अनुवाद गर्नु भएको कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाबारे आइसीओर संयोजक गार्टनरले स्पष्ट पार्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्