किन जोखिम मोलेर बाटो काट्छन पैदलयात्री ?
काठमाडौं । हरेक दिन जसो सडक दुर्घटनाबाट धेरै मानिसहरुको अकालमै मृत्यु हुने गरेको छ । यसलाई हटाउनको लागि ट्राफिक व्यवस्थापनले पनि धेरै गृह कार्य गर्दै आएको छ । मापसेले गर्दा धेरै सवारी दुर्घटना बढेको निष्कर्ष सहित ट्राफिक व्यवस्थापन महाशाखाले २०६८ मंसिर १७ देखि मापसे चेकिङ्गको अभियान सञ्चालन गर्दै आएको छ । यस अभियानले सवारी दुर्घटनामा केहि कमी भने पक्कै आएको छ ।
तर, ट्राफिक व्यवस्थापन महाशाखाले पैदल यात्रुहरुलाई सचेत गराउनको लागि विभिन्न अभियान सञ्चालन गरे पनि पैदल यात्रुलाई ट्राफिक नियम पालना गराउन सकेको छैन ।
ट्राफिक बत्ति व्यवस्थापन र यात्रुलाई ज्ञान नहुँदा यस्तो समस्या आएको भन्ने कतिपयका बुझाई छ ।
सहज रुपमा सबै ठाउ“हरुमा बाटो काट्ने सुबिधा त छैन नै, पैदलयात्रीले तीव्र गतिमा गुड्दै गरेका सवारीलाई हातले इसारा गर्दै सडकबाटै जथाभाबी बाटो काट्ने गरेको दृष्यहरु यत्रतत्र देख्न सकिन्छ भने सवारी चालकले पनि जेब्राक्रसिङ्ग जस्तो संवेदनशिल ठाउँमा तिब्र गतिमा सवारी चलाइएको पाइन्छ ।
सडक पूर्वाधार जुन हिसाबले विस्तार हुनपर्ने हो त्यो हुन सकेको छैन । हाम्रा सडक वैज्ञानिक प्रणाली अनुसार बनेका छैनन् । त्यसल्े गर्दा पनि सडक दुर्घटना हुने गरेको तथ्य छ । केहि वैज्ञानिक रुपले बनेका पूर्वाधारहरुलाई पनि सही ढंगले प्रयोग गर्न नजान्दा उपत्यकामा दिनानुदिन दुर्घटना बढ्दै गएको छ । सडक दुर्घटना अनी ट्राफिक जाम । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ ले भन्छ पैदलयात्रु सडकपेटीबाटै हिड्नुपर्छ । पेटी नभएको सडकमा सडकको किनारा च्यापी हिँड्नुपर्छ । तर अधिकाँश काठमाडांैका स्थानहरुमा यातायात व्यवस्था ऐनको पालना भएको पाइ“दैन । बाटो काट्दा जेब्राक्रस सम्म पुग्न पनि यात्रुहरुलाई निकै हतार हुन्छ । सडक पेटी भएको ठाउ“मा पनि पेटिबाट नहिडेर बाटोबाटै हिँड्छन । पैदलयात्रु दायाँबायाँ नहेरी कानमा मोबाइल लगाएर गितको धुनमा हिंडेको पाईन्छ ।
पैदलयात्रुका यस्ता प्रवृत्ति र स्वभावले सवारी चालक र ट्राफिक प्रहरीहरु हैरान छन । पैदलयात्रुको लागि करोडौं लगानी गरि बनाएका आकासे पुल प्रयोग गर्ने, जेब्राक्रसिङ बाट मात्र बाटो काट्ने र सडक पेटीबाट हिँड्ने जस्ता सामान्य ट्राफिक नियम मानिदिने हो भने पनि धेरै हदसम्म दुर्घटना कम हुने ट्राफिक महाशाखाको भनाइ छ । बिहान बेलुका कार्यालय समयमा झन अराजक जस्तै बनेको देखिन्छ पैदलयात्रुहरु । यसरी धैर्य नगरि हतारमा गन्तव्य पुग्नु पैदलयात्रुहरुको आफ्नै बाध्यता पनि होलान तर हतार भयो भन्दैमा आफ्नो ज्यानै जोखिममा पारेर हिँड्नु मुर्खता हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाको २०७३÷७४ को दुर्घटनाको आँकडा अनुसार काठमाडौं उपत्यकामा मात्रै ५ हजार पाँच सय तीस सवारी दुर्घटना मध्ये मृत्यु १८२, गम्भिर घाइते २०१ र साधारण घाईते ३ हजार नौ सय चौध रहेको छ ।
जथाभाबी बाटो काट्ने क्रममा धेरै जनाको ज्यान गएको पाईन्छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाले जथाभाबी बाटो काट्ने बटुवाहरुलाई २०० जरिवाना र पैसा नभएकाहरुलाई ३ घण्टा कक्षा लिनुपर्ने नियम पनि न ल्याएको होइन । त्यो नियमको सर्वत्र विरोध पछि १५ दिन नपुग्दै हटाईयो । पूर्वाधार भएका स्थानहरुमा पनि जथाभाबी बाटो काट्ने पैदलयात्रुहरुलाई के कस्तो कार्वाही गर्ने भन्ने कुरामा अहिले सम्बन्धित निकाय मौन छ ।
यसरी जथाभाबी बाटो काट्ने ठाउहरुमा नयाँ बानेश्वर, रत्नपार्क, गोंगबु, कोटेश्वर लगायत विभिन्न ठाउहरु पर्छन ।
तस्विरः मनोरथ नेपाल
प्रतिक्रिया दिनुहोस्