प्रचण्डले मागे केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण र जीविकोपार्जनको आधार
काठमाडौं,२१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण माग गरेका छन् । केन्द्रीय सदस्यहरूसँग सम्पत्ति विवरण र जीविकोपार्जनको आधार माग गरेर प्रचण्डले पार्टीलाई जीवन्त राख्ने प्रयास गरेका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा प्रचण्डले आगामी फागुनभित्र सम्पत्ति विवरणसहित जीविकोपार्जनको आधारसमेत बुझाउन भनेका हुन् ।
नेताहरूको सम्पत्ति विवरण र जीविकोपार्जनको आधार फागुनसम्ममा बुझाउनुपर्ने कुरा अध्यक्षले बैठकमा राख्नुभएको छ । एक नेताले बताए, ती नेताका अनुसार अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस–एमालेसँग कुनै हालतमा गठबन्धन नगर्ने निर्णय गरेका छन् ।
त्यस्तै, पछिल्लो राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि बैठकमा चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्