ट्रम्पको गम्भिर आरोपः बाइडेन इतिहासकै खराब राष्ट्रपति

काठमाडौं, २१ पुुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका दुनियाँको अगाडि हाँसोको पात्र बनेको टिप्पणी गरेका छन्। उनले यसको दोष सीमा नीति र कमजोर नेतृत्वलाई दिएका छन्।

ट्रम्पले सामाजिक सञ्जालमा गरेको एउटा पोस्टमा राष्ट्रपति जो बाइडेनलाई ‘अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति’ भनेका छन् ।

‘बाइडेनको खुला सीमा नीति बारे मैले आफ्ना चुनावी र्‍याली र अन्य ठाउँमा धेरैपटक भनेको छु कि यसले अमेरिकामा उग्रपन्थी इस्लामिक आतंकवाद र हिंस्रक अपराधलाई वृद्धि गर्नेछ। यो समय अब आइसकेको छ, जुन कल्पनाभन्दा पनि खराब छ,’ उनले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस्