बसले किच्दा बुटवलमा १५ महिने बालकको मृत्यु
काठमाडौं, मंसिर १८ । बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ । आइतबार बुटवल–११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी रहेका छन् ।
गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्