कपिलवस्तुमा नागरिकमाथि गोली प्रहार

काठमाडौं, मंसिर १६। कपिलवस्तुको मायादेवी गाउँपालिकामा गोली प्रहारबाट एक भारतीय नागरिक घाइते भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ४ चाकरचौडास्थित एक होटलमा भारत सिद्धार्थनगरको अलिगढवाका ३५ वर्षीया इरशाद खानमाथि गोली प्रहार भएको हो ।

खानको काँध र कम्मरमा गोली लागेको कपिलवस्तु प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए । घाइते खानलाई उपचारका लागि भारतको गोरखपुर मेडिकल कलेज लगिएको छ।

प्रहरी स्रोतका अनुसार पैंसाको लेनदेनको विषयमा गोली प्रहार भएको हो। अर्कै व्यक्तिलाई ताकेको गोली खानलाई लागेको अनुमान प्रहरीले गरेको छ ।

प्रहरी कार्यालय कपिलवस्तुले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्