राजधानीका यी क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने

काठमाडौं । राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छाउने कार्यलाई सहजीकरण गर्न प्राधिकरणले विद्युत्त आपूर्ति बन्द गर्न लागेको हो ।

आज बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म नयाँ बसपार्क, मित्रनगर, पवित्रनगर, दीपज्योति स्कुल क्षेत्रमा विद्युत्त आपूर्ति बन्द हुने नेपाल विद्युत्त प्राधिकरणकाले जनाएको छ ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको गोंगबु शिब मन्दिर नजिक मेलम्ची मेलम्ची खानेपानीको पाइप बिच्छ्याउनुपर्ने भएकाले विद्युत आपुर्ति बन्द हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्