नेपाल र यूएईको खेलमा सट्टेबाजी गर्ने २० जना पक्राउ

काठमाडौं, मंसिर २ । नेपाल र यूएईको एकदिवसीय खेलमा सट्टेबाजी गर्ने २० भन्दा बढी पक्राउ परेका छन्।

कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा लाईभ बेटिङ गर्ने २० जनालाई कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले नियन्त्रणमा लिएको हो।

खेल हेर्ने बहानामा मैदानमा सट्टेबाजी गर्ने उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथमा रहेको मोबाइल नियन्त्रणमा लिए। अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ।

सिरिजअन्तर्गतको पहिलो खेलमा शंकास्पद गतिविधि गर्ने उनीहरुलाई निगरानी गरिरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्