अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

काठमाडौं , कार्तिक १८ । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी अनामनगर बस्ने ३२ वर्षीया आस्था सुब्बालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारका क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बिहीबारै साँझ पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टँदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते भएका छन् ।

उनको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्