सुर्खेतमा एसईईको परीक्षा दिन आएकी एक छात्रा मृत भेटिईन

काठमाडौं । सुर्खेतमा एसईई परीक्षा दिइरहेकी एक छात्रा मृत फेला परेकी छन् । पञ्चपुरी नगरपालिका – ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

एसईईको परीक्षामा सहभागी हुन उहाँ पञ्चपुरी नगरपालिका ५ कै बावियाचौर डेरा लिएर बस्नु भएको थियो । प्रहरीले छात्राको हत्या भएको आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख शुसोभन श्रेष्ठले घटना शंकास्पद रहेकोले अनुसन्धान गरिरहेको जानकारी दिए ।

‘शरिरमा घाउचोट पनि देखिएको छ । अवस्था हेर्दा हत्या भएको आशंका गरेका छौँ’ उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौँ।’ दोषिलाई फेला नपारेसम्म पोष्टमार्टम गर्न नदिने आफन्त र स्थानीयहरुले बताएको उनले बताए ।

बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयहरुले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । छात्रा सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् ।

पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५ बावियाचौर परीक्षा केन्द्रमा उनले परीक्षा दिइरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्