व्यापारीमाथि गोली प्रहार गर्ने चारजना पक्राउ

काठमाडौं । व्यापारीमाथि गोली प्रहार गरेको आरोपमा रुपन्देही प्रहरीले तीनजना भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारत महाराजगञ्ज नौतनवा निवासी रमजान मुसलमान, मोटरसाइकल चालक मन्जुर मुसलमान, सहयोगी मोहमद अफजल र नेपाल हाटबजारका मासु पसल व्यवसायी नजाबुद्धिन मुसलमान पक्राउ परेका हुन ।

भैहरवाका व्यापारी हरिश सेठियामाथि फागुन २८ गते गोली प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

भारतीय र नेपाली रुपैयाँको हुन्डी कारोबारमा ३५ लाखको लेनदेन नमिलेपछि सेठियाको हत्या गर्ने योजना बनाएको र त्यही अनुसार नै गोली प्रहार गरेको पक्राउ परेकाहरुले बताएका छन् । सेठियाले हुण्डीको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्