प्रदेश ३ को संसद् बैठक बस्दै, २ विधेयक पेश हुने

काठमाडौं । गत फागुन १४ गतेबाट स्थगित प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठकमा दुई विधेयक प्रस्तुत गर्ने तयारी छ ।

प्रदेशसभा सचिवालयका अनुसार, पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । दोस्रो बैठक पनि आजै ३ बजे बस्ने छ ।

आज बस्ने पहिलो बैठकको शुरुमै मुख्यमन्त्री तथा मन्त्रिपरिषदबाट प्राप्त पत्रसँगै सरकार गठनबारे जानकारी गराउने कार्यसूची छ । बैठकमा दुई विधेयक प्रस्तुत गर्ने तयारी छ भने पाँचवटा विषयगत समिति गठनबारे पनि छलफल हुने सचिवालयले जनाएको छ ।

प्रस्तुत हुन लागेका दुई विधेयकमा आर्थिक सार्वजनिक लिखित प्रमाणीकरण र आर्थिक कार्यविधिसम्बन्धी छन् ।
सार्वजनिक लिखित प्रमाणीकरण आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गर्नेछन् भने आर्थिक कार्यविधिसम्बन्धी विधेयक कैलाश ढुंगेलले पेश गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्