त्रिभुवन विमानस्थलबाट साढे १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, असोज २८ । त्रिभुवन विमानस्थलबाट साढे १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

५० वर्षीय मोहद् तसलिम स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित बिहीबार पक्राउ परेका हुन् ।

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स(रे मेसिनमा जाँच गर्ने क्रममा प्रहरीले उलाई नियन्त्रणमा लीएको हो ।

स्रोत नखुलेको तथा भन्सार उद्‌घोष नगरेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्