नक्सालमा होटलमा बसेकी युवतीको शंकास्पद मृत्यु, होटल सञ्चालक र प्रेमी पक्राउ

काठमाडौं , असोज २६ । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । आगोले जलेको अवस्थामा अस्पताल पुर्‍याइएकी युवतीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार असोज २४ गते बिहान ३ः४५ बजे होटलको कोठामै आगोमा परी चाबाहिल बस्दै आएकी २३ वर्षीय युवतीको उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार क्राउन प्लाजाको कोठामा सँगै रहेका २६ वर्षीय प्रेमी केशव रिजाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सोमबार बिहान पौने ४ बजे भएको घटनाका सम्बन्धमा प्रहरीलाई कुनै जानकारी दिइएको थिएन ।

प्रहरीले होटल सञ्चालक पदमुकमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ । आगो लागेकी युवतीको उपचारका लागि सुरुमा वीर अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएपनि त्यहाँ उपचार हुननसकी मृत्यु भएको थियो । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्