काठमाडौमा चहलपहल बढ्न थाल्यो, पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिए
काठमाडौ., असोज २६ । दसैँको वेला सुनसान बनेका उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेसँगै चहलपहल बढेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिएका छन् । दसैँको वेला करिब २० लाख यात्रु बाहिरिएको अनुमान छ । ती यात्रु तिहार तथा छठपछिसम्म उपत्यकामा प्रवेश गर्छन् ।
तर, अधिकांश दसैँ मनाएर कामकाजको सिलसिलामा उपत्यका फर्किने गर्छन् । हाल राजमार्ग तथा मुख्य सडक खण्डमा सवारीसाधनको भिडभाड छ ।
यता दशैं मनाएर फर्किने यात्रुले भने सास्ती खेप्नु परेको छ । लगातार परेको पानीले गर्दा बाटो हिलाम्मे तथा ठाउँ- ठाउँमा पहिरो जदा दुख भोग्नु परेको हो ।
प्रतिक्रिया दिनुहोस्