इन्द्रजात्रामा कुमारी मन्दिरमा पूजा (फोटोफिचर )
काठमाडौँ, २४ भदौ । कुमारी क्लवले इन्द्रजात्राका अवसरमा आज कुमारी मन्दिरमा पूजा गरेको छ ।
काठमाडौँ महानगरपालिका (कामपा)–१४स्थित मगर गाउँमा रहेको मन्दिरमा विधि विधानपूर्वक पूजा भएको हो ।
परापूर्व कालदेखि कुमारीको मूर्ति रहेको विश्वास गरिएको उक्त स्थानमा केही वर्ष अगाडिदेखि मन्दिर निर्माण गरी नित्य तथा विशेष पूजा सञ्चालन गरिएको छ ।
नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठले धार्मिक महत्वका प्राचीन विषय वस्तुको इतिहास तथा महत्वबारे थप अनुसन्धान गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य विना श्रेष्ठ सहभागी हुनुभएको समारोहमा कामपा–१४ का वडाअध्यक्ष सुमन श्रेष्ठले मन्दिरको संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं ९ (क) का सभापति मोहन बस्नेतले विविध जाति, धर्म, संस्कृतिले भरिएको नेपाली समाजमा विद्यमान सबै पर्व तथा संस्कृतिले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरे ।
कुमारी क्लवका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा सचिव मनोज राजभण्डारी र स्थानीय समाजसेवी दिवाकर थापाले त्यस क्षेत्रको बस्ती विकासका क्रममा खराव शक्तिले स्थानीयवासीलाई दुःख दिन थालेपछि कुमारीको स्थापना गरिएको जनविश्वासबारे जानकारी गराए । स्थानीयलाई प्रसाद वितरण समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्