सक्षम नारी नेपालद्वारा तिज तथा जनचेतना कार्यक्रमको आयोजना !

काठमाडौैं, ९ भदौ । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको रौनक सुरु भइसेको छ । तिजको दिन नजिकिएसँगै अहिले महिलाहरु विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गरिहेका छन ।

त्यसैगरि शुभकामना आदनप्रदान तथा जनचेतना कार्यक्रमहरु पनि आयोजना भइरहेका छन् । सोहिक्रममा काठमाडौंमा पनि सक्षम नारी नेपालले पनि तीज शुभकामना आदनप्रदान तथा जनचेतना कार्यक्रमको आयोजना गरेको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि तिज तथा जनचेतना कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा समाजसेवी तथा सक्षम नारी नेपालका अध्यक्ष गोमा विडारीले भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गरि मनोरञ्जन गर्दै मनाइने तीज पर्वलाई मौलिकता जर्गेना गर्ने गरी मनाउन पर्ने बताएकी छन् ।

तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउनु पर्ने उनको भनाइ रहेको छ । आफ्नो दक्ष अनुसार तिज मनाउन पनि उनले आग्रह गरिन् ।

पछिल्लो समय तिज पर्वमा भड्किलो हुँदै गएको छ । यसैले यस्तो नगर्न र सबै यसमा सचेत हुन उनको सुझाव रहेको छ । कार्यक्रमा नाचगान गर्दै दिदिबहिनीहरुले रमाइलो गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्