उतर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड
काठमाडौँ, भदौ ६ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उतर कोरियाको सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल कोरिया मैत्री संघ र सङ्गुन समर्थक संस्थाले नेता किम जोन इलले कोरियाली सेनालाई निर्देशन दिनुभएको ६२ औँ वर्ष पुगेका अवसरमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोरियाका जनताले स्वतन्त्रता र स्वाधिनताका लागि देखाएका एकताको सराहाना गर्दै सरकारदेखि सरकारको सम्बन्धलाई अव जनतादेखि जनतासम्म पु¥याउन खाँचो रहेको औँल्याए ।
त्यस्तै नेकपा (माले) का महासचिव सिपी मैनालीले वैदेशिक हस्तक्षेपलाई निस्तेज गरी कोरियाले आफ्नो राष्ट्रियता संरक्षणका लागि देखाएको दृढताबाट नेपालले शिक्षा लिनुपर्ने विचार व्यक्त गरे ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सदस्य नविना लामाले कारियाली जनताले आफ्नो विकास र समृद्धिका लागि अवलम्बन गरेको राजनीतिक प्रणालीका बिरुद्ध कुनै पनि देशले धावा बोल्न नहुने बताउँदै नेपालको दिगो विकासका लागि बामपन्थी शक्तिबीच एकताको आवश्यकता रहेको बताए ।
राजनीतिक विश्लेषक सुरेन्द्र केसीले रोजगारीका साथै अवसरका खोजीमा करिब ८० लाख युवाशक्ति विदेशिएको अहिलेको समयमा नेपालमा गरिने कुनै पनि क्रान्ति सफल नहुने विचार व्यक्त गरे ।
नेपाल कोरिया मैत्री संघका महासचिव फणिन्द्रराज पन्त, बामपन्थी नेताहरु हस्तबहादुर केसी, माणिक लामा र दावा तामाङले उतर कोरिया र दक्षिण कोरियाको जनताको पुनः एकीकरण हुने चाहना भएकाले त्यो पूरा हुनुपर्ने शुभेच्छा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्