एकै दिन ३ हजार २०९ जना सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं, भदौ ६ । उपत्यका ट्राफिक प्रहरीले काठमाडौंमा एकै दिन ३ हजार २०९ जना सवारी चालकलाई कारबाही गरिएको जनाएको छ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको हो।
कारबाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्बर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ। २ हजार ७४६ जनालाई अन्य कारबाही गरिएको छ।
प्रतिक्रिया दिनुहोस्