हुम्लामा एक्कासि हिमपात, हवाई यातायातसमेत अवरुद्ध

काठमाडौं ।हुम्लामा हिमपात भएको छ । गएरातिदेखि बिहानसम्म हुम्लामा एक्कासि हिमपात भएको छ ।

हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।

हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्