कैलालीमा दिनानुदिन चोरीका घटना बढ्दै, प्रहरीले चासो नदिएको स्थानीयको गुनासो

काठमाडौं । कैलालीमा चोरीका घटना बढ्दै जान थालेका छन् । पछिल्लो समयय धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि त्यहांका स्थानीयवासी त्रस्ति बन्दै गएका छन्।

रातिको समयमा मौका छोपेर आउने चोरले स्थानीय बासिन्दाका घरबाट विद्युतीय खानेपानी तान्ने मोटर, खोरमा भएका खसीबोका, साइकललगायतका वस्तु चोरी हुन थालेपछि स्थानीय बासिन्दा त्रस्त बनेका हुन्।

धनगढी मुख्य बजारबाट झण्डै एक किलोमिटरभन्दा कम दूरीमा रहेको वडा नं २ र ५ को हसनपुर, तारानगर, वडा नं ७को क्याम्पसरोड र वडा नं ३ को बडहरालगायतका स्थानमा चोरीका घटना बढ्न थालेका छन्।

२ हप्ताको अवधिमा मात्रै वडा नं २ अन्तर्गत पुरानो भन्सार गाउँमा ४५ वटा पानी तान्ने मोटर चोरी भएको स्थानीयले बताएका छन्। दिनहुँ चोरीकम घटना बढ्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन्।

सुरक्षा निकायले उपमहानगरपालिकाका मुख्य स्थानमा मात्रै काम गर्ने गरेको पाइए पनि सडकका भित्री गल्लीमा भने दिनप्रतिदिन चोरीका घटना हुन थालेका र रातिको समयमा प्रहरीको गस्ती पनि निकै फितलो हुन थालेपछि दैनिकजसो चोरी बढ्न थालेको स्थानीयहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्