क्यानाडा पठाई दिन्छु भन्दै सात लाख लिएर फरार महिला पक्राउ

काठमाडौँ , साउन २० । रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-१ की ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन् ।

डोमाले रत्नबहादुर तामाङलाई वर्किङ भिषामा क्यानडा जानको लागि जम्मा १४ लाख रुपैयाँ लाग्छ, क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा लगाइ दिन्छु २ लाख भन्दा बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट सात लाख रुपैयाँ रकम लिइ सम्पर्कविहीन भएकी थिइन् ।

वैदेशिक रोजगार विभागबाट प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउका लागि गरिएको पत्राचारका आधारमा सो कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको गोकणर्ेश्वर नगरपालिका अत्तरखेलबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्