काठमाडौंबाट खैरो हेरोइनसहित २० जना भन्दा बढी पक्राउ

काठमाडौँ , साउन १८ । काठमाडौंँका विभिन्न स्थानबाट खैरो हेरोइनलगायत अवैध लागुऔषधसहित २० जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सबै नेपाली नागरिक रहेका बताइएको छ । ब्युरोले सोबारे आधिकारिक रूपमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।

पछिल्लो समय लागुऔषधसहित विदेशी नागरिक बढी पक्राउ पर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्