६० करोड रुपैयाँ आयल निगमलाई, यी हुन् असार ३१ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौँ, साउन १ । २०७९ असार ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम ५९ करोड, ८६ लाख, ८० हजार रुपैयाँ अनुदान स्वरुप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत नेपाल आयाल निगमलाई उपलब्ध गराउने भएको छ।

बअसार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।

आइतवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै मन्त्री कार्कीले सरकारले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको बताए।

उनले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको वित्तिय व्यवस्थापनको म्याद मन्त्रिपरिषद्बाट निर्णय भएको मितिले २ वर्ष थप गर्ने निर्णय भएको जानकारी पनि दिए।

बैठकका निर्णयहरु सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषदले शुक्रबार कुल १७ वटा निर्णयहरु गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु :

प्रतिक्रिया दिनुहोस्