बुटवलमा किशोरी मृत्यु प्रकरण : युवक र होटल सञ्चाaलक पक्राउ

काठमाडौं, असार ३० । बुटवल गोलपार्क होटलमा १७ वर्षीया किशोरी मृत फेला परेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

किशोरीसँग होटलमा गएका २० वर्षीय असिम श्रेष्ठ र होटल सञ्चालक ४५ वर्षीय रामप्रसाद अर्याललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

असार २५ गते राति साढे १ बजे बुटवल २ की समीक्षा गुरुङ होटलमा मृत फेला परेकी थिइन्। उनलाई तन्नाको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पारिएको थियो।

किशोरीको संगतमा रहेकाहरुसँगको सोधपुछ, फोन म्यासेज अनुसन्धान विश्लेषण गरेर असिमलाई सोधपुछ गर्दा उनले आफू किशोरीसँग होटलमा गएको स्वीकार गरेको बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।

घटनापछि समीक्षाका बाबु सन्दीप गुरुङले असिम र होटल सञ्चालक विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।जाहेरीमा जबरजस्ती करणी गरी आत्महत्या दुरुत्साहन कसुर गरेको उल्लेख छ।

होटल सञ्चालक अर्यालले आएका ग्राहकलाई नचिनेको बताएको, सही अभिलेख नराखेको डीएसपी केसीले बताए।

प्रतिक्रिया दिनुहोस्