स्रोत नखुलेको २० लाख नगद सहित दुई भारतीय पक्राउ

काठमाडौं,असार २९ । वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी रक्सौल बस्ने २८ वर्षीय संजित कुमार र २४ वर्षीय अनुराग मिश्र रहेका छन् ।

बिआरओएसयु ३५०० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्