फोनिज युके पत्रकारिता पुरस्कार प्रधान र सुब्बालाई प्रदान

काठमाडौँ , असार २६ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता पुरस्कार पत्रकारहरु टीकाराम प्रधान र निलिफा सुब्बालाई प्रदान गरेको हो ।

फोनिज यूके पत्रकारिता सम्मान–२०२२ बाट काठमाडौं पोष्टकर्मी टीकाराम प्रधान र फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार निलिफा सुब्बालाई पुरस्कृत गरिएको हो ।

काठमाडौंमा शुक्रबार भएको एक समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले पत्रकार प्रधान र सुब्बालाई पुरस्कृत गरेका हुन् । सम्मान र पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।

फोनिज यूकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउँदै आएका पत्रकारहरुलाई हरेक वर्ष सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्