सुनको भाउ एकै दिनमा ३ सयले बढ्यो !

काठमाडौं– । मंगलबार सुनको भाउ  ३ सयले बढेको छ ।  साताको तेस्रो दिन आज छापावाला सुन प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य  भने आज प्रतितोला ५७ हजार २ सय रहेको छ ।
हिजो छापावाला सुन प्रतितोला ५७ हजार २ सय  र तेजावी सुन ५६ हजार ९ सयमा कारोबार भएको थियो । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन ३ सयले महंगिएको हो ।
यस्तै आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्