प्रदेश २ को संसद् बैठक बस्दै, आर्थिक कार्यविधि विधेयक सम्बन्धी विषयमा छलफल हुने

काठमाडौं  ।  प्रदेशसभा नियमावली र आर्थिक कार्यविधि विधेयलगायत विषयमा छलफल गर्न आज प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ ।

प्रदेश २ संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।

आज बस्ने बैठकमा प्रदेशसभा नियमावलीसम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयक सम्बन्धी विषयमा छलफल गर्ने कार्यतालिका रहेको प्रदेश २ संसद् सचिवालयले दिएको छ ।

कार्य व्यवस्था परामर्श समितिकाको बैठक आज बसी आजको बैठकमा के –के बिषयले प्रवेश पाउने नपाउने टुङ्गो लाग्ने प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्