त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित १ जना पक्राउ

काठमाडाैँ ,   जेठ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्डरवेयरमा सुन लुकाई ल्याएका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बिहीबार बिहान पौने १० बजे कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट आएका धनुषाका जितेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरीले उनकाे साथबाट ४६६.५ ग्रामका चार बिस्कुट र ५० ग्रामको सिक्री एउटा गरी जम्मा ५१६.५ ग्राम सुन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्