२ वर्षभित्र सबै नागरिकलाई विद्युत्
काठमाडौं, जेठ १५ । सरकारले २ वर्षभित्र सबै नागरिकलाई विद्युत् सुविधा उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले २ वर्षभित्र सबै नागरिकमा विद्युत् पुर्याउने बताएका हुन्।
निर्माणाधीन आयोजनाहरु रसुवागढी, साञ्जेन, सोलु दूधकोशी, सुपर दोर्दी, सुपरमादी आयोजनाहरुको निर्माण सम्पन्न गरी आगामी आवमा ७१५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिने उनले बताए।
प्रतिव्यक्ति विद्युत् खपत वार्षिक ४०० किलोवाट आवर पुर्याइने पनि उनले बताए।
स्थानीय र प्रदेश सरकारले साना आयोजना निर्माण गरे संघले २५ प्रतिशत रकम ऋण सहयोग गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस्