पेस्तोल र गोलीसहित २ जना ललितपुरबाट पक्राउ

काठमाडौं, जेठ १२ । ललितपुरबाट पेस्तोल र त्यसमा प्रयोग गरिने गोलीसहित दुई जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेकाको साथबाट  मेड इन यूएसु लेखिएको एउटा अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने चार वटा गोली प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्