भरतपुरमा विद्युत सट भई आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं, जेठ ८ । चितवनको भरतपुर महानगरपालका-१० मा विद्युत सट भई आगलागी हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१० कटहर चोककी ३५ वर्षीया सकुन्तला पौडेल सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चिवतनले जानकारी दिएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीमा परी भरतपुर-७ का ३१ वर्षीय तरुण थापा घाइते भएका छन्।

घाइते थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको बाहिरपट्टि झुण्ड्याएर राखिएको बोर्ड झिक्ने क्रममा विद्युत सट भएको थियो।

आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्