बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु

काठमाडौं , बैशाख ३० । बैतडीमा मतदान गर्न गएका वृद्धको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–६ टुडेगैरका ७० वर्षीय कमल सिंह विष्टको मतदानका लागि केन्द्रमा लगिएकोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मतदानका लागि स्ट्रेचरमा बोकेर कृष्ण माविको मतदान केन्द्रमा लगिएकोमा विष्ट अकस्मात बेहोस भएका थिए ।

बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको जोशीले बताए यो । विष्टको मृत्युसँगै मतदान केहीबेर प्रभावित भए पनि अहिले मतदान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्