छथर गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवारसहित तीन जना पक्राउ

काठमाडौं, बैशाख २९ । तेह्रथुमको छथर गाउँपालिका- २ का वडा अध्यक्षका उम्मेदवारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गठबन्धनका कार्यकर्तालाई बाहिरबाट मानिस ल्याएर कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा छथर गाउँपालिका वडा नम्बर–२ का वडा कमिटीका अध्यक्ष मन बहादुर खड्का, कृष्ण बहादुर कार्की र मेदुना राना मगर छन्।

उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्