१ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत अधिकृत पक्राउ
काठमाडौं, बैशाख ११ । १ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत अधिकृत पक्राउ परेका छन् ।
ताप्लेजुङबाट ती मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको हो । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्